राप्रपा नेपालका एजेण्डा- धर्म निरपेक्षता खारेज, संघीयता संशाेधन – Nepal Press

राप्रपा नेपालका एजेण्डा- धर्म निरपेक्षता खारेज, संघीयता संशाेधन

एमसीसी विवादले बाह्य चलखेल बढ्यो

काठमाडाैं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले नेपालमा बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपमा बढ्दै गएको जनाएको छ ।

एमसीसी विवादले पनि नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा देखिाएको राप्रपा नेपालको भनाई छ ।

प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदुरदर्शिताका कारण नै एमसीसी अनावश्यक विवादको बन्धक बनेको धारणा राप्रपा नेपालले सार्वजनिक गरेको छ । एमसीसीका विषयमा नेपाली जनताको चासो बढेका बेला मित्रराष्ट्रहरु चीन र अमेरिकाले व्यत्तः गरेको चासोलाई गम्भीर रुपमा लिनुपर्ने सो पार्टीको भनाई छ ।

थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गरेको छ । यस्तै, पृथ्वीारायण शाहलाई आदर्श पुरुष र उनको दिव्य उपदेशलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

यस्तै धर्मनिरपेक्षता बिनाशर्त खारेज गर्नुपर्ने तथा संघीयताको अहिलेको स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग पनि गरेको छ ।

यसैगरी संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना तथा सुशासन र समृद्धिलाई पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने निर्णय पनि सो पार्टीले गरेको छ ।

पछिल्लो समय पटक पटक गरी बढेको पेट्रोलियम पदार्थको मूल्यप्रति भत्र्सना गर्दै फिर्ता लिन माग पनि सो पार्टीले गरेको छ ।

स्थानीय तह निर्वाचनको तयारीका लागि स्थानीय निकाय निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ ।

समिति निम्न छः

सुशील कुमार श्रेष्ठ- संयोजक

तेजकुमार कुरुम्वाङ्ग, पाँचथर- सदस्य

हरिकृष्ण श्रेष्ठ, सुनसरी- सदस्य

राम नरेश यादव, धनुषा- सदस्य

रामसुन्दर विष्ट, भक्तपुर- सदस्य

राजकुमार खड्का, काठमाडौं- सदस्य

खेमराज गौतम, बाँके- सदस्य

ईर्साद आलम, रुपन्देही- सदस्य

ईश्वर श्रेष्ठ, सुर्खेत- सदस्य

ललित जोशी, कैलाली- सदस्य

सुशीला गिरी, काठमाडौं- सदस्य

शिवकुमार बाँस्तोला, कास्की- सदस्य

श्यामबहादुर खत्री, काठमाडौं- सदस्य

सुजन अधिकारी, नुवाकोट- सदस्य

दिनेशचन्द्र गुप्ता, कपिलवस्तु- सदस्य

चेतनाथ थापा, झापा- सदस्य

राजु नापित, भक्तपुर- सदस्य

दूर्योधन निरौला, सुनसरी- सदस्य

उज्वल पोखरेल, गोरखा-सदस्य सचिव

देहाय अनुसार स्थानीय निकाय निर्वाचन घोषणा पत्र तयारी समिति गठन भएको छ ।

सुरेश आचार्य, संयोजक

माधव खत्री, भक्तपुर- सदस्य

ममता राई, झापा- सदस्य

होमभक्त कुुरुम्वाङ, तेह्रथुम- सदस्य

रमेश राज पन्त, नवलपरासी- सदस्य

शशिरंजन यादव, महोत्तरी- सदस्य

रामचन्द्र बाँनिया, झापा- सदस्य

सल्लाहकार

डा. विष्णु भण्डारी-तनहुँ

डा. अरुण कुमार सिंह-धनुषा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर