निर्मल निवासको हस्तक्षेपबारे छानबिन नभएपछि राप्रपा केन्द्रीय सदस्यबाट बर्तौलाको राजीनामा – Nepal Press

निर्मल निवासको हस्तक्षेपबारे छानबिन नभएपछि राप्रपा केन्द्रीय सदस्यबाट बर्तौलाको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय समिति बैठकमा महाधिवेशन दौरान निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्नुपर्ने विषय उठान गरेकोमा नेतृत्वले बेवास्ता गरेको भन्दै बर्तौलाले साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।

‘पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा औका मितिदेखि साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, बर्तौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राप्रपा त्यागेका बर्तौला कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर