बालुवाटारमा देउवा र प्रचण्डको भेटघाट – Nepal Press

बालुवाटारमा देउवा र प्रचण्डको भेटघाट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेट भएको छ।

सिंहदरबारमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार गएका हुन् ।

करिब आधा घण्टा भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले बतायो। सिंहदरबारको भेटमा प्रचण्डलाई कांग्रेस नेता पौडेलले गठबन्धन नटुट्ने गरि एमसीसीमा अघि बढ्नुपर्ने बताएका थिए ।

देउवासँगको भेटमा प्रचण्डले पौडेलको प्रस्तावबारे पनि छलफल गरेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर