स्थानीय तहको निर्वाचनमा भाग लिन १० दल दर्ता – Nepal Press

स्थानीय तहको निर्वाचनमा भाग लिन १० दल दर्ता

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा सहभागि हुन १० राजनीतिक दल अहिलेसम्म दर्ता भएका छन् ।

आयोगका अनुसार अहिलेसम्म जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले आफ्नो नाम दर्ता गराएका छन् ।

आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि तोकिएको ढाँचामा फागुन ५ गतेदेखि १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि सूचना जारी गरेको थियो ।

आयोगमा दर्ता भएका कुल राजनीतिक दलको संख्या १ सय ९ पुगेको छ । पछिल्लो पटक थप तीन दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । उनका अनुसार नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी गरेर थप तीन वटा राजनीतिक दल दर्ता भएका छन् ।

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम राजनीतिक दल दर्ता भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर