मधेस प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रहरी ऐनबारे छलफल हुने
नेपाल प्रेस
२०७८ फागुन १० गते ९:३२
जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गत माघ २६ को बैठकमा सो संकल्प प्रस्ताव पेश गरेका थिए ।
प्रदेश प्रहरी ऐन ल्याएको वर्षौ बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर