लाउरेलाई ५० हजार धरौटीमा छाड्न आदेश, अन्य तीन जना कारागार चलान – Nepal Press

लाउरेलाई ५० हजार धरौटीमा छाड्न आदेश, अन्य तीन जना कारागार चलान

काठमाडौं । लागूऔषध ब्राउन सुगरको मुद्धामा पक्राउ परेका चर्चित र्‍यापर आशिष राना लाउरे ५० हजार धरौटीमा छाड्न आदेश दिइएको छ ।

कास्की जिल्ला अदालतले मंगलबार थुनछेकको आदेश सुनाउँदै लाउरेलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको छ ।

ब्राउन सुगर कारोबार भइरहेको स्थानबाट लाउरे पक्राउ परेपनि उनको साथबाट भने लागू औषध प्रहरीले बरामद गरेको थिएन ।

उनी सेवनकर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । कास्की प्रहरीले लाउरेसहित चार जनालाई पुष १४ गते पक्राउ गरेको थियो ।

लाउरे मंगलबार नै धरौटी बुझाएर छुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर