नेपाली कांग्रेस (वीपी) पनि एमसीसीविरोधी आन्दोलनमा – Nepal Press

नेपाली कांग्रेस (वीपी) पनि एमसीसीविरोधी आन्दोलनमा

काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा जारी आन्दोलनमा नेपाली कांग्रेस (वीपी) पनि सहभागी भएको छ । अघिल्लो संसदीय निर्वाचनभन्दा अगाडि कांग्रेस छाडेका नेताहरूको अगुवाइमा खुलेको नेपाली कांग्रेस (वीपी) ले एमसीसीको विरुद्धमा झण्डासहित प्रदर्शन गरेको छ ।

सो पार्टीका कार्यकर्ताहरू त्रिपुरेश्वरमा भेला भइ नाराबाजीसहित बानेश्वर पुगेका छन् । नेपाली कांग्रेस (वीपी) ले एमसीसी सम्झौता राष्ट्रहितविरुद्ध रहेको आरोप लगाउँदै आएको छ ।

सो पार्टीका सभापति सुशिलमान शेरचनले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नदिने बताए । ‘हामी नेपाल-अमेरिका सम्बन्धको पक्षमा छौ तर एमसीसी सम्झौताका केही बुँदाहरू संशोधन गरिनुपर्छ । त्यसैले हामी विरोधमा उत्रिएका हौं’, शेरचनले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर