बालुवाटार वार्ता सकारात्मक भएपछि एमाले नेताहरु बालकोटमा
नेपाल प्रेस
२०७८ फागुन १२ गते २१:२६
काठमाडौं । संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरले बताएका छन् । थप रणनीति बनाउन एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि जुटेका छन् ।
वार्तामा सहभागी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सदनमा एमालेको सहभागिताका सन्दर्भमा आफूहरुले उठाएका मागप्रति प्रधानमन्त्री सकारात्मक बने पनि निष्कर्षमा नपुगिएको बताए । उनले आफूहरु थप छलफलका लागि अध्यक्ष ओलीको निवासमा आइपुगेको बताए ।
कांग्रेस र एमालेबीच शुक्रबार विहान पुनः छलफल हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर