बालबालिकालाई दिइने कोरोना खोप खरिद गर्न विश्व बैंकसँग २ अर्ब ऋण लिँदै सरकार – Nepal Press

बालबालिकालाई दिइने कोरोना खोप खरिद गर्न विश्व बैंकसँग २ अर्ब ऋण लिँदै सरकार

काठमाडौं । विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने भएको छ ।

नेपाल र विश्व बैंकबीच आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए ।

उक्त सहयोग पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाइने खोप खरिद्मा खर्च गरिने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड–१९ इर्मजेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रिपियडनेस परियोजना’ मार्फत विश्व बैंकले दिने रकम खर्च गरिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *