एमाले प्रवेश गर्दै गणेशमानले भने- लाहुरे भनेकै मलायाको, नेता भनेकै केपी ओली – Nepal Press

एमाले प्रवेश गर्दै गणेशमानले भने- लाहुरे भनेकै मलायाको, नेता भनेकै केपी ओली

पोखरा । करिब १० वर्षअघि जातीय पहिचानको मामिलामा असहमत भएर एमाले छाडेका गणेशमान गुरुङ जसपाको गण्डकी प्रदेश इन्चार्ज परित्याग गरेर एमालेमै फर्किएका छन् ।

जसपाका चार केन्द्रीय सदस्यहरु गणेशमानसहित हुम गुरुङ, देवीवहादुर गुरुङ र दिपक तामाङ पनि शुक्रबार पोखरामा आयोजित कार्यक्रमबाट एमालेमा प्रवेश गरेका छन् ।

जसपाका चार केन्द्रीय नेतासहित विभिन्न पार्टीका सयौं कार्यकर्तालाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा अ‍ोली आफैं पोखरा पुगेका थिए ।

गणेशमानको समूह अशोक राईहरुसँगै २०६९ मा एमालेबाट बाहिरिएर संघीय समाजवादी फोरम हुँदै हाल जसपाको नेतृत्वमा थिए ।

एमालेमा प्रवेश गर्दै गणेशमानले पछिल्लो एक दशकको राजनीति हेर्दा नेपालमा पार्टी भनेकै एमाले र नेता भनेकै केपी ओली जस्तो देखिएको बताए ।

उनले भने– हाम्रो गुरुङहरु भन्छ लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे । पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता ।

ओलीले अबको जीवन देश र जनताका लागि भने झै आफूहरुको अबको जीवन एमालेका लागि हुने गुरुङले बताए ।

कास्कीको धम्पुसका गुरुङ २०६९ सालअघिसम्म एमालेमै थिए । त्यसपछि उनी संघीय समाजवादी पार्टीमा गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर