‘प्रधानमन्त्रीलाई भनेका छौं- दूषित गठबन्धन भत्काउनुस्, चाँडो चुनाव गराउन सरकारमा नगई साथ दिन्छौं’ – Nepal Press

‘प्रधानमन्त्रीलाई भनेका छौं- दूषित गठबन्धन भत्काउनुस्, चाँडो चुनाव गराउन सरकारमा नगई साथ दिन्छौं’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धन भत्काउने शर्तमा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने प्रष्ट पारेका छन् ।

गठबन्धन भत्किए पनि एमाले सरकारमा भने सामेल नहुने तर सकेसम्म चाँडो चुनाव हुनुपर्ने शर्त आफूहरुले प्रधानमन्त्री समक्ष राखेको नेम्वाङले बताए ।

एमाले सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उपनेता नेम्वाङले लोकतन्त्र र संविधानविरोधी वर्तमान दुषित सत्ता गठबन्धन भत्काउनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको बताए ।

नेम्वाङले भने- मुलुक र जनताको लागि दुषित गठबन्धन भत्काउनुपर्छ भन्नेमा एमाले एकदम प्रष्ट छ । तर या भत्किएर हामी सरकारमा जाँदैनौं । हामीले प्रधानमन्त्रीलाई प्रष्टसँग भनेका छौं,हामी सरकारमा जादैनौ । निर्वाचनसम्म सवरकार चलाउनुस्,हाम्रो कुनै पनि सर्त छैन तर एउटा कुरा चाहिँ एकदिन पनि चुनाव ढिला गर्न पाउनुहुन्न । बरु दलहरुसँग कुरा गरेर अलि चाँडै चुनाव गर्नुपर्छ भनेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर