प्रचण्डको व्याख्यात्मक टिप्पणी उदृत गर्दै माओवादी नेताले भने– म पनि अब एमालेमा लागेँ – Nepal Press

प्रचण्डको व्याख्यात्मक टिप्पणी उदृत गर्दै माओवादी नेताले भने– म पनि अब एमालेमा लागेँ

धनगढी । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बोहोरा आइतबारै सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण भेलामा पुगेर एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदिप ज्ञवाली, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।

माओवादी परित्याग गर्दै बोहोराले लेखेका छन्– प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै मैले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा समाहित भएको घोषण/जानकारी गर्दछु ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डको व्याख्यात्मक टिप्पणी उदृत गर्दै माओवादी नेताले भने– म पनि अब एमालेमा लागेँ

  1. यति ठोकेरै भन्न सकिन्छ, देशको निम्ति kp oli जतिको खतरनाक mcc छैन!

  2. माओबादी कङ्ग्रेश एमाले सामाजबादी अनि जसपा सबैलाई सुन्री गर्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर