आजपनि एमसीसीविरुद्ध प्रदर्शन : पातलिँदै सत्तापक्षका आन्दाेलनकारी (तस्बिरहरु) – Nepal Press

आजपनि एमसीसीविरुद्ध प्रदर्शन : पातलिँदै सत्तापक्षका आन्दाेलनकारी (तस्बिरहरु)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको प्रदर्शन आज पनि जारी रहेको छ ।

प्रदर्शन विगतका दिनभन्दा केही पातलिएकाे छ । आज सत्तारुढ दलका नेता कार्यकर्ताहरु निकै कम मात्रामा सडकमा देखिएका छन् ।

पार्टीले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेसँगै ती दलका भ्रातृ संगठनहरु सडकमा नदेखिएका हुन् ।

सत्तारुढ दलका भ्रातृ संगठनहरु आन्दोलनबाट पछि हटेपनि अन्य विभिन्न दलहरुले पनि आज पनि प्रदर्शन जारी राखेका छन् ।

राजधानीको नयाँ बानेश्वर क्षेत्रमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका विभिन्न दलका नेता कार्यकर्ताहरु प्रदर्शनमा छन् ।

प्रदर्शनको क्रममा केही ठाउँमा झडप समेत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर