जसपा सांसद रेणुका गुरुङको दावी- एमसीसी स्वीकार गरे नेपाल औपनिवेशक हुन्छ (भिडिओ) – Nepal Press

जसपा सांसद रेणुका गुरुङको दावी- एमसीसी स्वीकार गरे नेपाल औपनिवेशक हुन्छ (भिडिओ)

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङले एमसीसी देशको हितका पक्षमा नरहेको बताएको छन् ।

आइतबार एमसीसीमाथिको छलफलमा भाग लिँदै गुरुङले यसलाई स्वीकार गर्न नहुने समेत बताइन् ।

‘एमसीसी सम्झौता नेपलाको कानून भन्दा माथि रहने व्यवस्था छ, यसले नेपाललाई औपनिवेशिकरण तर्फ लैजान्छ,’ उनले भनिन्, ‘भारतको सहमति लिनुपर्ने भनिएको छ। दुई देशको सम्झौतामा तेस्रो मुलुकको सहमति लिने भन्ने कुरा के हो ?’

एमसीसका कर्मचारी नियुक्त गर्न अमेरिकाको अनुमति लिनुपर्ने भन्दै गुरुङले देशका पक्षमा काम गर्न नसक्ने समेत बताइन् । बौद्धिक सम्पतिमा अमेरिकी अधिकार रहने र सम्झौता सकिएपछि पनि यो कामय रहने व्यवस्था सम्झौतामा रहेको भन्दै त्यो घातक रहेको बताइन् ।

‘बौद्धिक सम्पतिमा अमेरिकाको अधिकार रहने र यो सम्झौता सकिए पनि रहने भन्ने उल्लेख छ,’ गुरुङको प्रश्न छ, ‘के यो ठिक हो रु यस्ता प्रावधानले नेपालको भविष्य र छिमेकीसँगको सम्बन्धमा कस्तो प्रभाव पार्ला ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर