माओवादी कर्णालीका प्रमुख सचेतक भन्छन्- व्याख्यात्मक टिप्पणीको नाममा दलहरुले सन्तुलन गुमाए – Nepal Press

माओवादी कर्णालीका प्रमुख सचेतक भन्छन्- व्याख्यात्मक टिप्पणीको नाममा दलहरुले सन्तुलन गुमाए

सुर्खेत । नेकपा मओवादी संसदीय दल कर्णालीका प्रमुख सचेतक ठम्मर विष्टले एमसीसी पारित हुने अवस्थामा रहेको भन्दै आपत्ति जनाएका छन् ।

उनले सत्तारुढ दलहरुले व्याख्यात्मक टिप्पणीको नाममा देश, जनता र स्वाभीमानलाई धोती लगाइएको टिप्पणी गरे ।

उनले सामाजिक सञ्जालबाट लामो प्रतिक्रिया लेख्दै सरकारमा बस्न कै लागि न्वारनदेखिको बल लगाइएको दाबी गरे ।

‘एमसीसीको विषयमा देश, जनता र स्वाभीमानलाई धोती लगाएर कथित ब्याख्यात्मक टिप्पणीको नाममा सदनवाट पास गर्न न्वारनदेखीको बल लगाएर सरकारमा रहनु नैं यो दुनियाको अंन्तिम सत्य हो भनेर कुर्लीरहेका शक्तिहरुलाई जनताको तर्फबाट प्रश्न छ ।’ उनले भनेका छन्, ‘दुइ पक्ष बिच कागज गर्दा आफुले हात काटेर कुनै तमसुकमा सही छाप गरी सकेपछी घर गएर एक्लै मेरो ब्याख्या फलानो ढिस्कानोमा छ, तमसुकमा भएको कुरा मलाई चित्त बुझेन, मेरो त अर्के ब्याख्यात्मक टिप्पणी छ भनेर भन्छ भने अर्को पक्षले त्यस्तो कुरालाई मान्ने कुराको कल्पना गर्न पनि सकिदैन ।’

उनले अमेरिकाले एमसीसी सम्झौता संशोधन हुनै नसकेको बताएपछि पनि दलहरुले गरेको यो निर्णय गरेर सन्तुलन गुमाएको बताए ।

उनले भनेका छन्, ‘अमेरिका र एमसीसीले यो संशोधन हुनै सक्दैन भनेर पटक पटकका दस्ताबेज र भनाइहरुवाट प्रमाणित गरी सकेका छन । यस्तो कुरा घाम जस्तै छर्लङ्ग हुंदाहुदै पनि यदि कसैले उही कुरा बर्बराइ रहन्छ भने या त उसले पुरै संतुलन गुमाएको छ या त अनैतिक चरित्रको खाडलमा फसिसकेको छ । समयक्रमसंगै यसको पक्षमा उभिने नेपालका पार्टीहरु इतिहासको डाइनासोर त हुने नैं छन । नेपाल नयाँ युक्रेन बन्ने कुराको सहजै आंकलन गर्न पनी गाह्रो भएन ।’


प्रतिक्रिया

One thought on “माओवादी कर्णालीका प्रमुख सचेतक भन्छन्- व्याख्यात्मक टिप्पणीको नाममा दलहरुले सन्तुलन गुमाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर