पाँच लाख घुस लिइरहेको अवस्थामा नगरप्रमुखसहित चार जना अख्तियारको नियन्त्रणमा – Nepal Press

पाँच लाख घुस लिइरहेको अवस्थामा नगरप्रमुखसहित चार जना अख्तियारको नियन्त्रणमा

काठमाडौ । पाँच लाख घुस लिइरहेको अवस्थामा रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र प्रसाद पटेलसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । आइतबार उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगले नगरप्रमुखसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले नगर प्रमुख पटेल, उनका सहयोगी अशोक प्रसाद पटेल, नगरपालिकाका योजना शाखाका प्रमुख (खरिदार) मुकेश पटेल र सह–लेखापाल प्रदिप कुमार यादवलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव श्याम प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सेवाग्राहीबाट घुस रकमबाफत दुई लखा ५० हजार र र दुइ लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित नगर प्रमुखकै कार्यकक्षबाट उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर