संसद भवनमै मन्त्रिपरिषद बैठक, व्याख्यात्मक घोषणा संसदमा पेस गर्न स्वीकृति – Nepal Press

संसद भवनमै मन्त्रिपरिषद बैठक, व्याख्यात्मक घोषणा संसदमा पेस गर्न स्वीकृति

काठमाडौं । मन्त्रिपरिषद बैठक संघीय संसद भवनभित्रै बसेर सकिएको छ ।

केही समय मात्रै बसेको बैठकले अमेरिकी सहयता परियोजना एमसीसीमाथि व्याख्यात्मक घोषणा संसदमा पेस गर्न स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए ।

एमसीसीमाथि उठेका विभिन्न प्रश्नमा स्पष्ट पार्न सरकारले एकपक्षीय रुपमा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारेर संसदमा पेस गर्न लागेको हो । सत्ता गठबन्धनमा मध्यमार्गी विकल्पका रुपमा ब्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने सहमति जुटेको थियो ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त व्याख्यात्मक घोषणा संसदमा पेस गर्ने छन् । एमसीसीसँगै उक्त घोषणा पनि संसदबाट पारित गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर