व्याख्यात्मक घोषणाले एमसीसीबारेका भ्रम चिर्न सहयोग गर्नेछ : यादव (भिडिओ) – Nepal Press

व्याख्यात्मक घोषणाले एमसीसीबारेका भ्रम चिर्न सहयोग गर्नेछ : यादव (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशाेर यादवले संसदमा पेस भएको एमसीसीमाथिको व्याख्यात्मक घोषणाले भ्रम चिर्न सहयोग पुर्‍याउने बताएका छन् ।

आइतबार एमसीसीमाथिको दफावार छलफलमा भाग लिँदै यादवले भने, ‘भ्रमको खेती भएको थियो, तथ्य भन्दा भावनामा बगेर कुरा गरिएको थियो। एकतर्फी घोषणा भए पनि व्याख्यात्म घोषणा भएको छ, यसले जनतामा भएको अन्यौलता चिर्ने छ ।’

यादवले अमेरिकालाई नेपालको तर्फबाट उठाइएका सवालको सम्बोधन गर्न समेत आग्रह गरे। यादवले भने, ‘अमेरिकाले पनि हाम्रो भावना बुझेर उठाइएका यी कुराको सम्बोधन गरिदियोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर