एमसीसी हुन्न भन्ने सांसद चार जना – Nepal Press

एमसीसी हुन्न भन्ने सांसद चार जना

काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि निर्णाथ पेस गरिदा सत्ता पक्षका अधिकांश सांसदले पक्षमा हात उठाएका थिए ।

हुन्न भन्ने पक्षमा भने चार जना सांसदले मात्रै हात उठाए । प्रमुख प्रतिक्षप एमालेले यसअघि झैं संसद अवरोधलाई कायम गरेको भए पनि एमालेकै दुई सांसद भीम रावल र झपट रावलले एमसीसी पास गर्न नहुने पक्षमा हात उठाए ।

त्यस्तै एमसीसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि विपक्षमा हात उठाए ।


प्रतिक्रिया

3 thoughts on “एमसीसी हुन्न भन्ने सांसद चार जना

  1. हिजाेसम्म राष्ट्रघाती भन्ने देव गुरूङ्, महरा, नारायणकाजी, झल्लु कहाँ गए ? हैसियत नभएका दलालका यी पुच्छर टिभी अगाडि चाहिँ किन कुर्लिएका ?

  2. हामी नेपाली लाइ MCC चाहिँ दैन
    देश बेचन् पाइदैन ✊✊✊✌️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर