बनेपाको पुलबजारमा भेटियो ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु, सडक अवरुद्ध – Nepal Press

बनेपाको पुलबजारमा भेटियो ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु, सडक अवरुद्ध

काठमाडौं । अरनिको राजमार्गअन्तरगत काभ्रपलाञ्चोकको पुलबजारमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रमा सवारी आवागमन रोकेको छ ।

यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ । शंकास्पद वस्तु बम हुनसक्ने अनुमान गरिएको छ । उक्त शंकास्पद वस्तुमा ‘नो एमसीसी’ लेखिएको छ ।

उक्त क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली जाँदैछ ।

आज विभिन्न साना दल र मोर्चाले एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा नेपाल बन्दको आह्वान गरेका छन् ।

काठमाडौंमा भने नेपाल बन्दको खासै प्रभाव छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर