कामना सेवा विकास बैंकको थप ३ स्थानमा शाखारहित सेवा – Nepal Press

कामना सेवा विकास बैंकको थप ३ स्थानमा शाखारहित सेवा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बैंकिङ सेवा पु¥याउने उद्देश्यका थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं.८ अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देवदह न.पा. मा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम के.सी.), सितगंगा न.पा.मा सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्यनेपाल न.पा. मा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे)लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवा मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर