व्याख्यात्मक टिप्पणीबारे प्रचण्ड : कानूनका ज्ञाताले सम्झाएपछि मलाई ‘इन्लाइटेन’ भयो – Nepal Press

व्याख्यात्मक टिप्पणीबारे प्रचण्ड : कानूनका ज्ञाताले सम्झाएपछि मलाई ‘इन्लाइटेन’ भयो

अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गरेका छन् । यो विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनको भनाइ छ ।

आफूले अन्तर्राष्ट्रिय कानूनका धेरै ज्ञाताहरुसँग सल्लाह गरेपछि भियना अभिसन्धिअनुसार यस्तो व्याख्यात्मक घोषणा कानूनसम्मत हुने निस्कर्षमा पुगेको प्रचण्डले बताए ।

उनले आज पत्रकारसँग भने, ‘अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरुले मलाई यस्तो उपाय सुझाएपछि मलाई ‘इन्लाइटेन’ जस्तो भयो । भियना अभिसन्धीअनुसार यसो गर्न सकिने रहेछ । म छ्याङ्ग भएपछि पार्टीमा प्रस्ताव राखेको हुँ ।’

प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको दावी गरे ।

उनले भने, ‘अर्को पक्षले यदि यसलाई मानेन भने स्वतः खारेज हुन्छ भन्नेमा हामी क्लीयर भएका छौं । त्यो त्यसको अंग बन्छ भन्ने भयो । केही साथीहरुले अमेरिकी दूतावासमा पनि कुरा गर्नुभयो । त्यताबाट पनि सकारात्मक संकेत आयो । त्यसैले हामी अगाडि बढ्यौं र संविधान र शान्ति प्रक्रिया जोगियो ।’

एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले विरोध गरिरहेको प्रचण्डले बताए । तर, महाकाली सन्धीमा बामदेव गौतमले गरेको विरोध सम्झिदै उनले त्यस्तो भ्रम नपाल्न आग्रह गरे ।


प्रतिक्रिया

One thought on “व्याख्यात्मक टिप्पणीबारे प्रचण्ड : कानूनका ज्ञाताले सम्झाएपछि मलाई ‘इन्लाइटेन’ भयो

  1. यस्ता झुठ पनि नेता ? यसले अब कुनै दिन भ्रष्टाचार, बलात्कार पनि शान्ति प्रकियालाई टुङ्गाेमा पुर्याउन, प्रतिगमन राेक्न र डिरेल हुन लागेकाे संविधानलाई ट्रयाकमा ल्याउन भनिदिन्छ अनि केही हनुमान हाे भनेर ताली बझाउँछन् । यसले त दलाली गरेकाे पैसाले माेजकाे जिन्दगी बाँचिहाल्छ अरू पुच्छरकाे चाहिँ विजाेग हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर