निजामति कर्मचारी संगठन रुपन्देहीको अध्यक्षमा खनाल, बन्यो २१ सदस्यीय कार्यसमिति – Nepal Press

निजामति कर्मचारी संगठन रुपन्देहीको अध्यक्षमा खनाल, बन्यो २१ सदस्यीय कार्यसमिति

रुपन्देही । नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीको ११ औं अधिवेशनले प्रेमप्रसाद खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको खुला उपाध्यक्षमा थानेश्वर बस्याल र महिला उपाध्यक्षमा विष्णु खनाल पन्थी, सचिवमा जीवन पौडेल, सहसचिवमा प्रदीप गिरी, कोषाध्यक्षमा पदमबहादुर थापा निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा माधवप्रसाद बस्याल, भास्कर घिमिरे, योगराज पन्थी, गंगाप्रसाद पन्थी, राजकुमार मिश्र, गुणाखर पाण्डे, बुद्धिराम पराजुली, पार्वती पोखरेल, एलिना केसी, मालतीदेवी पौडेल, हर्कबहादुर बिक, राजेश यादव, कमल पन्थी रहेका छन् ।

दुईजना महिला सदस्य पछि थप गरिने आधिकारिक ट्रेड युनियनका केन्दीय सदस्य मेघदेव पन्तले जानकारी दिए । अधिवेशनले १८ प्रदेश तथा १० केन्द्रीय प्रतिनिधि निर्वाचित गरेको छ । यो संगठनमा रुपन्देहीमा १३ सय कर्मचारी आवद्ध रहेका छन् ।

मंगलबार भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले राष्ट्रियसभा सचेतक खिमलाल भट्टराईले कर्मचारी संगठनले आफ्ना अधिकारसँगै नागरिकको जिम्मेवारी र दायित्वलाई आत्मसाथ गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्माले प्रादेशिक संरचना नयाँ भएकाले पनि धेरै काम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै आवश्यकभन्दा बढी मन्त्रालय थपिएका कारण कर्मचारी अभावमा कार्यसम्पादन सन्तोषजनक नभएको बताए ।

आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक मेघदेव पन्तले सरकार परिवर्तनसँगै कर्मचारीलाई गरिएको अनावश्यक सरुवाले सरकारका काम प्रभावकारी बन्न नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर