जसपाले बोलायो संघीय परिषद्, केन्द्रीय समिति र विधान अधिवेशन – Nepal Press

जसपाले बोलायो संघीय परिषद्, केन्द्रीय समिति र विधान अधिवेशन

काठमाडौं । आन्तरिक विवादबाट गुज्रिएको जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका विभिन्न संयन्त्रहरूको बैठक बोलाएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले यही फागुन २८ गते संधीय परिषद तथा २९ र ३० गते केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । त्यस्तै २०७९ सालको असार १ र २ गतेका लागि जसपाको विधान अधिवेशन पनि आह्वान गरिएको छ ।

फागुन १३ गतेदेखि जसपा कार्यकारिणी समितिको बैठक जारी छ । केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा संघीय परिषद् बैठक, केन्द्रीय समिति र विधान अधिवेशनको मिति तय भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर