रुस-युक्रेन युद्ध : राजधानी किभमा रहेको जापानी दूताबास बन्द
नेपाल प्रेस
२०७८ फागुन १८ गते १५:५६
काठमाडौं । रसियाले केही दिनदेखी जारी राखेको युक्रेन माथिको आक्रमणका कारण जापानले युक्रेनमा रहेको दूताबास अस्थायी रुपमा बन्द गरेको छ ।
जापानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेनको राजाधानी किभमा रहेको जापानी दूताबास स्थायी रुपमा बन्द गरेको हो ।
युक्रेनमाथिको आक्रमणप्रति विश्वका शक्ति राष्ट्रहरुले विरोध जनाएका छन् । विभिन्न देशहरुले रुसमाथि कडा प्रतिबन्ध पनि लगाएका छन् ।
प्रतिक्रिया