मध्यरातमा मोबाइल पसल फोरेर चोरी गर्ने २ जना पक्राउ – Nepal Press

मध्यरातमा मोबाइल पसल फोरेर चोरी गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-४ विशालनगरमा रहेको एक मोबाइल पसल मध्यरातमा फोरेर चोरी गर्ने समूहका दुई जनालाई प्रहरीले‍ पक्राउ गरेको छ ।

सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलको पछाडिबाट फुटाई १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको मोबाइल चोरी भएको थियो ।

पक्राउ पर्नेमा गोरखाको गण्डकी नगरपालिका-५ स्थायी घर भई २४ वर्षीय सुरेश गिरी र बाँकेको बुढानिलकण्ठ बस्ने २२ वर्षीय गणेश क्षेत्री रहेका छन् ।

उनीहरुको साथबाट ८ थान सिल प्याक मोबाइल, ५ थान पुराना मोबाइल र ६ थान स्मार्ट घडीसहितका सामानहरु छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर