पल शाह प्रकरण : नाबालिगको चरित्रहत्यामा संलग्नलाई पक्राउ गर्ने साइबर ब्यूरोको तयारी – Nepal Press

पल शाह प्रकरण : नाबालिगको चरित्रहत्यामा संलग्नलाई पक्राउ गर्ने साइबर ब्यूरोको तयारी

काठमाडौं । पल शाह प्रकरणमा सामाजिक सञ्जालमार्फत नाबालिग गायिकाको चरित्र हत्या गर्ने क्रम बढेपछि प्रहरीको साइबर ब्यूरो एक्सनमा उत्रिएको छ । चरित्रहत्यामा संलग्न केहीलाई पक्राउ गर्ने तयारी ब्यूरोले गरेको छ ।

ब्यूरोका प्रमुख एसएसपी नबिन्द अर्यालले आइतबार/सोमबारसम्म यस विषयमा केही कुरा बाहिर आउने बताए । ‘हामीले फाइल उठाएका छौँ । सरकारी वकिल कार्यालयसँग पनि समन्वय भइरहेको छ,’ एसएसपी अर्यालले भने ।

ब्यूरोले आजै एक विज्ञप्ति जारी गर्दै टिकटक, युट्युबजस्ता सामाजिक सन्जालमार्फत पिडितको चरित्र हत्या भइरहेको भन्दै कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।

‘यसमा पिडितले नै उजुरी दिनुपर्छ भन्ने छैन। प्रहरी प्रतिवेदनबाट पनि मुद्धा अगाडि बढाउन सक्छौँ,’ अर्यालले भने ।

अर्यालले सामाजिक सञ्जालमा आएका ‘स्टाटस’ हरुको समेत निगरानी भइरहेको र आवश्यक परे कानुनी कारबाहीमा पनि ल्याइने बताए ।

आजै पल शाह प्रकरणमा आफ्नो चरित्रहत्या भएको भन्दै नायिका रेखा थापाले ब्यूरोमा उजुरी दिएकी छिन् । पीडित बालिकाको सन्दर्भमा थापाले दिएको अभिव्यक्तीलाई लिएर सामाजिक सञ्जालहरुमा उनीमाथि विभिन्न टिकाटिप्पणीहरु भएका छन् ।


प्रतिक्रिया

One thought on “पल शाह प्रकरण : नाबालिगको चरित्रहत्यामा संलग्नलाई पक्राउ गर्ने साइबर ब्यूरोको तयारी

  1. कानूनको उचित मू्यांंकन होस् दोषी नौंकोस् र निर्दोष नफोस्। हाम्रो नेपाल काे कानुन मा बढी चलखेल हुनाले जनता भेडा हुन बाध्य भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर