प्रेस चौतारी वाग्मती प्रदेश अध्यक्षमा सापकोटा, पदाधिकारीमा को-को ?
नेपाल प्रेस
२०७८ फागुन २२ गते ७:२४
काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको वाग्मती प्रदेश अध्यक्षमा दोलखाका शरद सापकोटा चयन भएको छन् ।
शनिबार काठमाडौंमा भएको अधिवेशनबाट उपाध्यक्षमा राधेश्याम खतिवडा (चितवन) र रमा दाहाल (काभ्रे), महासचिवमा प्रकाश दाहाल (मकवानपुर), कोषाध्यक्ष प्रज्वल पौडेल (रामेछाप), सचिवमा बासु श्रेष्ठ (धादिङ) र विदुर पौडेल (सिन्धुली) चयन भएका छन् ।
प्रेस चौतारीले शनिबार नै वाग्मतीसँगै मधेस, सुदूरपश्चिम, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशको अधिवेशन गरेको छ ।
प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर