नेपालगञ्जमा सुरु भयाे नेसनल प्याब्सनको सातौं राष्ट्रिय महाधिवेशन – Nepal Press

नेपालगञ्जमा सुरु भयाे नेसनल प्याब्सनको सातौं राष्ट्रिय महाधिवेशन

रुपन्देही । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को सातौं राष्ट्रिय महाधिवेशन नेपालगञ्जमा सुरु भएको छ ।

संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै नीतिगत समस्याहरुमा बृहत बहस कार्यक्रममा तय गरिएको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधि शनिबार नै नेपालगञ्ज पुगेका छन् । ‘१ हजार ५ सय प्रतिनिधि सहभागिताको विश्वास लिएका छौं’, नेसनल प्याब्सनका सचिव कुसुम रानाभाटले भने । आइतबार बिहान धम्बोझीचोकबाट प्रभातफेरी निकालिएको थियो ।

महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ र महाधिवेशनमा निजी विद्यालयका समस्या लगायतका बारेमा छलफल गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर