युक्रेनमा रुसी आक्रमण विफल पार्न बेलायती प्रधानमन्त्रीले बनाए ६ बुँदे योजना
लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा रुसको ‘भयानक’ आक्रमणलाई विफल पार्न विश्व नेताहरूले नयाँ कदम चाल्नुपर्ने बताएका छन् ।
न्युयोर्क टाइम्सका अनुसार जोन्सनले रुसी राष्ट्रपति पुटिनलाई रोक्न ६ बुँदे योजना बनाएका हुन् । यस्ता छन् जोन्सनले बनाएका योजना
– विश्व नेताहरूले युक्रेनको लागि ‘अन्तर्राष्ट्रिय मानवीय गठबन्धन’ गठन गर्नुपर्छ ।
– विश्व नेताहरूले पनि आत्मरक्षाको लागि युक्रेनको प्रयासलाई समर्थन गर्नुपर्छ ।
– रुसमाथि आर्थिक दबाब बढाउनुपर्छ ।
– अन्तर्राष्ट्रिय समुदायले रुसलाई युक्रेनमा आफ्ना कार्यहरू ‘सामान्यीकरण’ गर्नबाट रोक्नै पर्छ ।
– युक्रेनको वैध सरकारको पूर्ण सहभागिता भएपछि युद्ध रोक्न कूटनीतिको बाटो अपनाउनुपर्छ ।
– नेटो देशहरूबीच सुरक्षा सहयोग सुदृढ गर्ने प्रयास हुनुपर्छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र डच प्रधानमन्त्री मार्क रुटसँग सोमबार डाउनिङ स्ट्रिटमा भेट गर्ने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।