रविन्द्र जडेजाको १७५ रनमा श्रीलंकामाथी भारत भारी अन्तरले विजयी
नयाँ दिल्ली । श्रीलंकाविरुद्धको टेस्ट क्रिकेट शृंखलामा भारतले शानदार सुरुवात गरेको छ ।
घरेलु मैदान मोहालीमा आइतबार सकिएको पहिलो खेलमा भारत पारी र २ सय २२ रनले विजयी भयो ।
पहिलो पारीमा ४ सय रनले पछाडि परेपछि फलो अनमा परेको श्रीलंका दोस्रो पालीमा एक सय ७८ रनमा समेटियो । पहिलो पालीमा श्रीलंकाले एक सय ७४ रन बनाएको थियो ।
श्रीलंकालाई सस्तोमा समेट्न पहिलो पारीमा भारतका रविन्द्र जडेजाले ५ तथा जसप्रित बुमराह र रविचन्द्रन आश्विनले दुई दुई विकेट लिएका थिए ।
श्रीलंकाको दोस्रो पारीमा जडेजा र आश्विनले ४र४ र मोहम्मद सामीले दुई विकेट लिए ।
यसअघि भारतले जडेजाको एक सय ७५ रनको योगदानमा पहिलो पाली ८ विकेटको क्षतीमा ५ सय ७४ रन जोडेपछि समाप्तीको घोषणा गरेको थियो ।
शानदार प्रदर्शन गरेका जडेजा प्लेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज घोषित भए ।