रहेनन् बरिष्ठ वामपन्थी नेता बर्मा – Nepal Press

रहेनन् बरिष्ठ वामपन्थी नेता बर्मा

काठमाडौं । बरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । राजधानीको ह्याम्स अस्पतालमा उपचाररत बर्माको दिउँसो साढे तीन बजे निधन भएको हो ।

९३ वर्षका बर्माको छातीमा समस्या देखिएपछि केही दिनअघि ह्याम्स अस्प्ताल भर्ना गरिएको थियो । निमोनिया देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

बर्माको आजै पशुपतिस्थि आर्यघाट दाहासंस्कार गर्ने तयारी भइरहेको छ । उनका तीन छोरा, चार छोरी र श्रीमती रहेका छन् ।

करिब ७० वर्ष वाम राजनीतिमा सक्रिय रहेका बर्मा राजनीति जीवनको पछिल्लो कालमा पनि कुनै दलमा आवद्ध थिएनन् ।

२०४६ सालको आम चुनावमा नेकपा (बर्मा समूह) बाट उनले चुनाव लडेका थिए । त्यसपछि उनले नेकपा (संयुक्त) सँग आफ्नो पार्टीको एकीकरण पनि गरेका थिए ।

पछिल्लो कालमा भने उनी राजनीतिक रुपमा सक्रिय थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर