नेकपा एसको पहिलो पोलिटब्यूरो- अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल – Nepal Press

नेकपा एसको पहिलो पोलिटब्यूरो- अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो पोलिटब्यूरो बैठक सकिएको छ ।

बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, घटनाक्रम र विवरणहरु समेटिएको प्रतिवेदन बैठकमा पेश भएको हो ।

प्रतिवेदनमाथि ३७ जनाले आफ्नो धारणा राखेका छन् । प्रतिवेदनमाथि आएका सुझावहरुसहित २५ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

यस्तै बैठकमा आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने र संगठनात्मक तयारीका विषयमा पनि छलफल भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर