त्रिवि पदाधिकारीलाई राजीनामा गर्न सत्ता गठबन्धन आबद्ध प्राध्यापक संगठनहरूको चेतावनी – Nepal Press

त्रिवि पदाधिकारीलाई राजीनामा गर्न सत्ता गठबन्धन आबद्ध प्राध्यापक संगठनहरूको चेतावनी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी र नेकपा एसनिकट प्राध्यापक संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा नदिए अर्कै अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

मंगलबार कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना, माओवादीनिकट राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्रा.डा. रमेश भट्टराई र नेकपा एसनिकट एकीकृत प्रगतिशी प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. गोविन्द सुवेदीले संयुक्त वक्तव्य प्रकाशित गर्दै त्रिवि पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

उनीहरूले अन्यथा यस अवस्थाले ल्याउने परिणामतर्फ ध्यान दिन सचेत गराउँछौं भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आशय व्यक्त गरेका छन् ।

विज्ञप्तिमा शिक्षक, कर्मचारी र विद्यार्थीका जायज मागहरुको सम्बोधन गर्नुको साटो त्रिवि पदाधिकारीले धम्कीपूर्ण भाषामा विज्ञप्ति निकाल्ने र आफूनिकट प्राध्यापक र विद्यार्थी लगाएर प्रतिकार गरेको आरोप लगाइएएको छ ।

उपकूलपतिले अशोभनीय भाषा बोलेको तथा पहिले नै भएका कामलाई आफूहरूले गरेको भनी भ्रामक वक्तव्यबाजी गरेको आरोपसमेत सत्ताधारी प्राध्यापक संगठनले लगाएका छन् । त्रिवि पदाधिकारी अमूक पार्टीको सेवक बनेको आरोप उनीहरूको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *