बारमा एमाले भर्सेस सत्ता गठबन्धन, २५ पदका लागि ८३ उम्मेदवार (सूचीसहित) – Nepal Press

बारमा एमाले भर्सेस सत्ता गठबन्धन, २५ पदका लागि ८३ उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाल बार एशोसियशनको २६ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा २५ पदका लागि ८३ उम्मेदवार मैदानमा उत्रिएका छन् । निर्वाचन समितिले मंगलबार साँझ सबै उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरेको हो ।

उषा मल्ल पाठक प्रमुख निर्वाचन अधिकृत रहेको समितिमा सानुभाइ शाक्य, सानुराज पोखरेल, नरेन्द्रकुमार केसी र सुरेन्द्रकुमार महतो छन् । बार निर्वाचनमा मुख्यतः सत्तारुढ गठबन्धन र एमालेनिकट वकिलहरूको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।

अध्यक्षमा एमालेनिकट पीपीएलएबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र गठबन्धनबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रतिस्पर्धामा छन् । अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमप्रसाद मलेगो, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठ पनि उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर