सशस्त्र प्रहरी परिवार महिला संघद्वारा एपीएफ अस्पताललाई पाठेघरको मेसीन प्रदान – Nepal Press

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा एपीएफ अस्पताललाई पाठेघरको मेसीन प्रदान

काठमाडौं । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेकि छिन् ।

उनले सो अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई उक्त मेसीन हस्तारन्तरण गरेकि हुन् ।

कार्यक्रममा संघकी अध्यक्ष खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पुर्याउने संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहाकार र नेपाल एपीएफ अस्पतालका डाक्टरलाइ प्रशंसा पत्र प्रदान गरेकि थिइन् । अस्पताललाई प्राप्त मेशिनको प्रयोगले हाल प्रदान गरिरहेको सेवामा थप प्रभाकारी हुने बिश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *