विभाजित कम्युनिष्ट पार्टी हरियो देख्दा तर्सिन्छ : विश्वप्रकाश शर्मा – Nepal Press

विभाजित कम्युनिष्ट पार्टी हरियो देख्दा तर्सिन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन् ।

२९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए ।

पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्न जान्छ । पार्टीपंक्तिलाई निर्वाचन आचारसंहिता पालना गर्न उत्प्रेरित गर्न जान्छ । जनताको कुराको सुन्न जान्छ ।’

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गरेका थिए ।

यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिले एउटा उखान चलेको छ । विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे ।’


प्रतिक्रिया

One thought on “विभाजित कम्युनिष्ट पार्टी हरियो देख्दा तर्सिन्छ : विश्वप्रकाश शर्मा

  1. सुङुर मार्ने मान्छेले सुरुमा सुइरोले कोखमा कन्याउछ अनी मौका पारेर रोप्छ !! काङ्रेसको बोली र ब्येवहार त्यस्तै हो !! मिठा लाग्ने खिपिएका कुरा जस भित्र छुरा लपेटिएको हुन्छ !!
    काङ्रेशले धादलीको सुरुवात मतपत्रबाट सुरु गर्‍यो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर