दैलेखको आठविसमा मेयर बन्न हानथाप, यी हुन आकांक्षी – Nepal Press

दैलेखको आठविसमा मेयर बन्न हानथाप, यी हुन आकांक्षी

सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठविस नगरपालिकामा नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु नगरप्रमुखमा आफ्नो दावी बलियो बनाउन दौडधुपमा रहेका छन् ।

आगामी वैशाख ३० गतेका लागि तय भएको निर्वाचनका लागि आकांक्षीहरु बढ्दै गएका छन् । नेकपा एमालेबाट तर्क बडुवाल, तेजबहादुर महतारा, हालका नगरप्रमुख खड्गराज उपाध्यायले दावी गरहेका छन् । यस्तै, नगर कमिटि अध्यक्ष अम्मरबहादुर माझी पनि पार्टीले जिम्मेवारी दिए उम्मेदवार बन्ने दावी गर्छन् । उनीहरुले नेतृत्वसँग तीव्र लविङ गरिरहेका छन् ।

नेपाली कांग्रेसबाट प्रेमप्रकाश शाही, भुपेन्द्र शाही, नगरउपप्रमुख दिपा बोहोरा, कांग्रेस नगर सभापति अर्जुनबहादुर शाही लगायतले नगरप्रमुखका लागि तीव्र रुपमा लविङ सुरु गरेका छन् ।

उम्मेदवारका आकांक्षीहरुले आफू नगरप्रमुखको टिकट पाएको खण्डमा सहजै विजयी हुने सम्भावना रहेको भन्दै नेताहरुलाई विश्वस्त बनाइरहेका छन् ।

२०७४ सालको निर्वाचनमा ९ वटामध्ये चार वडामा कांग्रेस, चार वडामा एमाले विजयी भएका थिए । एक वटामा भने नेमकिपाले जित हात पारेको थियो ।


प्रतिक्रिया

3 thoughts on “दैलेखको आठविसमा मेयर बन्न हानथाप, यी हुन आकांक्षी

  1. पत्रकार महोदय, यो न्यूजमा भएको फोटो दैलेख जिल्लाको आठविस नगरपालिकाको होईन । रुकुम पश्चिम आठविसकोट नगरपालिकाको कार्यालय रहेको राडी बजारको फोटो हो ।

  2. एमालेबाट ओमजङ शाही /// छुट्नु भयो त

  3. Jole jite pani hami gariba dukhika dinyastahi hu karoda paisa aayapani eni neta lahi pagadahin ke garne janta haru lahi chunabko bela jhuta sapana dekbau xan paxi aafujitera mathi gayapaxi kashile herdahina

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर