१७ वटा गैरकानुनी काम गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी
नेपाल प्रेस
२०७८ फागुन २६ गते २०:४१
काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानूनी ठगी गरिरहेको भन्दै यस्ता खालका १७ वटा गैरकानुनी कार्य गर्नेमाथी कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाई समेतलाई सचेत गराउन आग्रह गरेका हो ।
ठगीका यस्ता गतिविधि भएको सूचना प्राप्त भएमा जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाइमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर