मन्त्रिषरिषद् बैठक
प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने, जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सहमति
५० वर्ष माथिका नागरिकको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परिक्षण गरिने
नेपाल प्रेस
२०७८ फागुन २६ गते २१:४४
काठमाडौं । प्रधानमन्त्रीसहित सरकारमा सहभागी सबै मन्त्रीले अंग दान गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिर्गौला दिवसको अवसरमा सबै मन्त्रीले अंग दान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपाल प्रेसलाई जानकारी दिए ।
बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउनका लागि सैशान्तिक सहमति दिने निर्णय पनि गरेको छ । बैठकले ५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया
भएका अस्पतालमा डाक्टर, ओैषधी नभएर जनताले सेवा पाएका छैनन । प्रचारकाे लागि लुटेराहरू शिक्षक अस्पताल, जेष्ठ नागरिक अस्पताल रे । अब महिला अस्पताल, पुरूष अस्पताल बनाउ । अझ प्रचण्ड त नेवार अस्पताल, राई अस्पताल, मगर अस्पताल बनाउछ । काम नगर्ने र लुटन पल्केकाहरू लुटबाट जनताकाे ध्यान माेडन अनेक हल्ला गर्छन् ।