युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आह्वान
नेपाल प्रेस
२०७८ फागुन २७ गते ११:५१
न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।
अन्तरर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तरर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उनले आह्वान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा अन्तरर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
रुस–युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि गुटेरेसले बताएका हुन् ।
प्रतिक्रिया