आयोगलाई पासवानको प्रश्न – के हामी अराष्ट्रिय पार्टी हौँ ? (भिडिओ) – Nepal Press

आयोगलाई पासवानको प्रश्न – के हामी अराष्ट्रिय पार्टी हौँ ? (भिडिओ)

काठमाडौं । बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेन्द्र पासवानले केही दलहरुलाई मात्रै ‘राष्ट्रिय दल’ को मान्यता दिइनु गलत रहेको बताएका छन् ।

स्थानीय निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा पासवानले ‘कांग्रेस, एमाले, माओवादी लगायतका केही दल राष्ट्रिय हुने र अरु दल अराष्ट्रिय हुने हो ?’, भनी प्रश्न गरेका हुन् ।

बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग बोल्दै पासवानले सबै दलले राष्ट्रिय दलको मान्यता पाउनुपर्ने, उम्मेदवारले गर्ने खर्चको सीमा घटाउनुपर्ने लगायतको माग राखेको बताए ।

‘आयोगले विभिन्न विषयमा छलफल गर्ने भनेर बोलाएको रहेछ । हामीले पनि आफ्नो कुरा राख्यौं । चार वटा पार्टी राष्ट्रिय हुने अरु चै नहुने कुराको विरोध गर्यौं । उम्मेदवारले बढी खर्च गर्न नपाउने गरी आचारसंहिता ल्याउन माग गर्यौ’, पासवानले भने ।

बैठकमा स्थानीय निर्वाचनमा सेना परिचालनको कुरा उठेपनि आफूले त्यसमा असहमति राखेको पासवानले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर