नेपालमा १ करोड ६५ लाख पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता – Nepal Press

नेपालमा १ करोड ६५ लाख पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ लिनेको संख्या करिब एक करोड ६५ लाख पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार माघसम्म एक करोड ६४ लाख ७६ हजार ७ सय जनाले मोबाइल बैंकिङ लिएका छन् । एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा एक करोड ४५ लाख ६१ हजार ६ सय ७१ जनाले मोबाइल बैंकिङ लिएका छन् ।

विकाश बैंकमा मोबाइल बैंकिङ लिनेको संख्या १८ लाख ३४ हजार एक सय ७५ रहेको छ । सी श्रेणीका वित्तिय संस्थाका मोबाइल बैंकिङ प्रयोगकर्ता ८० हजार ५ सय ५३ छन् ।

यस्तै इन्टरनेट बैंकिङ लिनेको संख्या १५ लाख ८३ हजार २ सय ५३ रहेको छ ।

राष्ट्र बैंकका अनुसार सबै श्रेणीका वित्तिय संस्थामा गरि डिपोजिट अकाउन्ट ४ करोड १७ लाख ४२ हजार ९ सय ७९ छ भने लोन अकाउन्टको संख्या १८ लाख ७ हजार ७ सय ५२ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *