बोटलर्स नेपालविरुद्ध करिब ४ अर्ब कर छलीको मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि आधिकारिक विक्रेता बोटर्लस नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्को एसिया लिमिटेडविरुद्ध करिब ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ ।
विभागले शुक्रबार बोटलर्स नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्कोविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ कर छलीकी मुद्द उच्च अदालत पाटनमा दायर गरेकाे हाे । विगो र विगो बराबरको जरिवाना तथा कैद सजाय माग गरिएको छ ।
बोटलर्स नेपाल प्रालीको सन्चालक समितिमा कोकाकोला साब्को एसिया लिमिटेडतर्फबाट रहेका अध्यक्ष शुक्ला वास्सनसहित अन्य ८ जना निर्देशक र बोटर्लस नेपालविरुद्ध उक्त मागदावी लिइएको हो ।
यस्तै बोटलर्स नेपालको तत्कालिन प्रबन्ध निर्देशक प्रदिप पाण्डे र आर्थिक कारोबार र लेखा परिक्षणको जिम्मेवारीमा रहेका अन्य ७ जनाविरुद्ध पनि सजाय माग गरिएको छ ।

कोकाकोला साब्को एसिया लिमिटेडले युरोपियन रिफ्रेसमेन्टलाई १४ लाख ८४ हजार ३ सय १ कित्ता सेयर विक्री गरेको थियो । सेयर विक्रीबापत ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४ सय ४७ रुपैयाँ नाफा कमाएकामा करबापत तिर्नुपर्ने रकमको वार्षिक १५ प्रतिशत ब्याज दरले बिगो रकम ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ पुगेको हो ।