गृहमन्त्री खाणको क्षेत्रमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जसपा प्रवेश – Nepal Press

गृहमन्त्री खाणको क्षेत्रमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जसपा प्रवेश

रूपन्देही ।कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणको क्षेत्रमा उनकै पार्टीबाट निर्वाचित वडाध्यक्ष जसपा प्रवेश गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० का वडाअध्यक्ष व्यास मुन थारु जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेका हुन् ।

जसपा क्षेत्र नम्बर १, रुपन्देहीले तिलोत्तमा–१० स्थित बेवरामा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा थारु जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका वरिष्ठ नेता अशोक राई, महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादवलगायतले पार्टीमा स्वागत गरे ।

गत २०७४ सालको स्थानीय तह निर्वाचनमा व्यास मुन थारु नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय जना प्रवेश गरेको दावी सो पार्टीले गरेको छ ।

थारू केही दिनयता एमाले प्रवेश गर्ने तयारी गरेपनि वडाध्यक्षको सुनिश्चितता नभएपछि रोकिएको एमाले नेता यम रानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर