बाबुरामको प्रतिवेदन- जसपाका सबै तहका नेता पूर्णकालीन, निजी काममा लाग्न नपाइने (पूर्णपाठ) – Nepal Press

बाबुरामको प्रतिवेदन- जसपाका सबै तहका नेता पूर्णकालीन, निजी काममा लाग्न नपाइने (पूर्णपाठ)

एक गैर भौगोलिकसहित ११ प्रदेशको संघीयताको एजेण्डा अझ सशक्त बनाउने

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनका नेताहरुले पूर्णकालीन रुपमा पार्टीको काम गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

संघीय परिषदको शनिवार शुरु भएको पहिलो बैठकमा पेश गरेको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भट्टराईले जसपामा व्यक्ति होइन पद पूर्णकालीन हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

जसपा पूरै कार्यकर्ता आधारित भेनगार्ड (अग्रदस्ता) पनि नभएको र मास बेस पार्टी पनि नभई स्वयंसेवी अभियन्ताको अनुशासित पार्टी हुनुपर्ने भनेका छन् । त्यसैले पार्टीका जिम्मेवारीमा रहेका व्यक्तिहरु निजी काममा नलागी पूरै समय पार्टीमै खट्नुपर्ने उनको प्रस्ताव छ ।

त्यस्तै प्रादेशिक र स्थानीय पार्टीका पदाधिकरीले पनि पूर्णकालीन सरह समय दिनुपर्ने भन्दै उनले पार्टीको महत्वपूर्ण पदमा पनि रहने र निजी तथा व्यक्तिगत काममा नै व्यस्त रहने हो भने पार्टी कामले गति नलिने बताएका छन् ।

२३ लामो प्रतिवेदनमा उनले जसपाले एक गैर भौगोलिक सहित ११ प्रदेशको संघीयताको एजेण्डालाई अझ बलियोसँग उठाउनुपर्ने बताएका छन् ।
बाबुरामको प्रतिवेदनको पूर्णपाठ यस्तो छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर