रुस-युक्रेन युद्ध १७ दिन पूरा : के छ पछिल्लो अवस्था ? – Nepal Press

रुस-युक्रेन युद्ध १७ दिन पूरा : के छ पछिल्लो अवस्था ?

कीएभ । रुसले युक्रेनमाथि गरेको आक्रमणबाट अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ। अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ।

हाल युक्रेनमा रुसको आक्रमण भइरहँदा सर्वसाधारण युक्रेनी नागरिकहरूलाई रुसी सैनिकले घेराबन्दीमा परेका छन् र उनीहरुलाई सुरक्षित ठाउँमा लैजाने प्रयास भइरहेको छ ।

यस्तै राजधानी किएभका बाह्य भागहरूमा बमबारी भइहेको छ भने रुसी सेना राजधानीबाट २५ किलोमिटर नजिक पुगिसकेको छ।

युक्रेनी अधिकारीहरूका अनुसार सेनाले दक्षिणी बन्दरगाह मारिऊपोलको पूर्वपट्टि सहरको बाहिरी भाग कब्जा गरेको छभने आवासीय र नागरिक पूर्वाधारमा पूर्णरुपमा क्षति भएको छ ।

युक्रेनी सेनाले नजिकैको सानो सहर भोल्नोभाखा छोडेको छ भने अन्य सहरमा रुसी घेराबन्दी अहिले पनि जारी छ । विद्युत् आपूर्ति भने अवरुद्ध भएको छ।

रुसी सेनाले किएभनजिकै एक गाउँबाट बाहिर जान लागेका महिला र बालबालिकासहितको समूहमाथि गोली चलाएको युक्रेनी अधिकारीहरूको बताएका छन् । सोही आक्रमणमा परी सात जनाको मृत्यु भएको बताइएको छ।

रुसी आक्रमण सुरु भएपछि अहिलेसम्म युक्रेनबाट २५ लाख मानिस अन्यत्र गइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर