प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि चैत २ गतेदेखि छलफल हुने – Nepal Press

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि चैत २ गतेदेखि छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको अर्को बैठकदेखि छलफल हुने भएको छ । सभामुखले अर्को बैठक चैत २ गते तोकेका छन् ।

आइतबारको बैठकमा माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङले राणाविरुद्ध यसअघि संसद सचिवालयमा दर्ता गराएको महाअभियोग पेस गरेका थिए । गत फागनु १ गते २१ बुँदे आरोपसहित राणाविरुद्ध सत्ता गठबन्धन आवद्ध दलले महाअभियोग दर्ता गराएका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने यसअघि झैं आजको बैठकमा पनि अवरोधलाई निरन्तरता दियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर