रुसले चीनसँग सैन्य र आर्थिक सहायता मागेको अमेरिकी अधिकारीको दाबी – Nepal Press

रुसले चीनसँग सैन्य र आर्थिक सहायता मागेको अमेरिकी अधिकारीको दाबी

काठमाडौं । रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको छ । युक्रेनमा हमला सुरू गरेदेखि नै रुसले चीनसँग उपकरण माग्दै आएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन । वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बीबीसीले जनाएको छ ।

रुसले आफूमाथि लगाइएको आर्थिक प्रतिबन्धको प्रभाव कम गर्न आर्थिक सहायता खोजिरहेको बताइन्छ ।

चीनले अहिलेसम्म युक्रेनमा भइरहेको आक्रमणमा आफूलाई तटस्थ देखाउने प्रयास गरेको छ र आक्रमणको निन्दा गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर