एमसीसीबारे धेरै नबहकिनुस् : प्रधानमन्त्री देउवा – Nepal Press

एमसीसीबारे धेरै नबहकिनुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा नबहकिन आग्रह गरेका छन् ।

नुवाकोटको तादी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटनका पुगेका पुगेका देउवाले विभिन्न दलका नेताहरुले यो विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै आग्रह गरेका हुन् ।

विदेशीसँग लिइने ऋण वा अनुदानका सन्दर्भमा सम्झौता गर्दा राष्ट्रहित विपरित गएर देशको अस्तित्वमा आँच आउने काम कुनै पनि सरकारले नगर्ने र नगरेको उनले प्रष्ट पारे ।

उनले भने, ‘विदेशीसँग ऋण लिँदा होस अनुदान लिँदा होस राष्ट्रहित राष्ट्रिय स्वाधिनता अस्तित्वमा आँच आउने काम कुनै पनि सरकारले गर्दैन । यसमा प्रष्ट गर्न चाहान्छु ।’

उनले एमसीसीको विषयमा जनतामा भ्रम छरेको भन्दै एमाले नेता भीम रावललगायतको आलोचना समेत गरे ।

प्रधानमन्त्री देउवाले तीनवटै तहको निर्वाचन समयमै हुने उल्लेख गर्दै आम जनतालाई उत्साहपूर्वक सहभागी हुन पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर